माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु

 संवाददाता    २०८१, १८ पुष बिहीबार १४:२२     109 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको हो ।

बैठक बिहान ११ बजे बस्ने भनिए पनि त्यसलाई दिउँसो १ बजेका लागि सारिएको थियो । आजको बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डा बारे छलफल हुनेछ ।

बैठक शनिबारसम्म चल्ने छ । आइतबारदेखि केन्द्रीय समिति बैठक शुरु हुनेछ ।