राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भोलि बस्दै

 संवाददाता    २०८१, १८ पुष बिहीबार ११:३९     80 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक शुक्रबार यहाँ हुने भएको छ ।

बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियान बारे छलफल हुने मन्त्री प्रदीप कार्कीले बताए ।

बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

हालै तराई मधेस सम्मेलन सम्पन्न गरेको रा.प्र.पा.ले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी पनि उनले दिए ।
रासस