हाम्रो ध्यान सरकारतिर छैन, जनतातिर छ : अध्यक्ष दाहाल

 संवाददाता    २०८१, २५ मंसिर मंगलवार १५:०३     119 जनाले पढ़िसके



Spread the love

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् ।

मंगलबार चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताएका हुन् ।

‘हाम्रो ध्यान सरकारतिर छैन । हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ,’ दाहालले भने । फरक प्रसङ्गमा उनले चिनियाँ विकास परियोजनाबेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताए । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनको भनाइ छ ।