प्रधानमन्त्री ओली चीन प्रस्थान

 संवाददाता    २०८१, १७ मंसिर सोमबार ११:४७     65 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी ओली उत्तरी छिमेकी चीनको चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालय एयरलाइन्सको चार्टर उडानबाट प्रधानमन्त्री बेइजिङ प्रस्थान गरेका हुन्।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनसहितका करिब एक दर्जन एजेन्डा उनको सूचीमा छन् । प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबिच मंगलबार बेइजिङमा औपचारिक तथा शिष्टाचार वार्ता हुँदै छ । भ्रमणमा प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङबाहेक अन्य कुनै सहर जाने कार्यक्रम छैन।