आज दिनभर काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?

 #आजको मौसम     २०८१, २२ आश्विन मंगलवार ०७:३२     107 जनाले पढ़िसके



Spread the love

यतिबेला (मंगलबार बिहान ७:१० बजे) काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा छ। अर्थात् आकाशमा पातलो बादल देखिएको छ भने घाम पनि लागिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीकै अवस्थामा रहने सम्भावना छ।

‘आज उपत्यकाको मौसम राम्रो नै रहने सम्भावना छ’, उनले भने, ‘आजलाई यहाँ पानी पर्ने सम्भावना देखिएको छैन।’

मौसमविद् अधिकारीका अनुसार हाल काठमाडौँ उपत्यकासहित देशभर नै तापक्रम बिस्तारै घट्दो क्रममा छ।

‘काठमाडौँ उपत्यकाको कुरा गर्नुपर्दा आज बिहान ६ बजेसम्म न्यूनतम तापक्रम १८.४ डिग्री सेल्सियस देखिएको छ’, उनले भने, ‘यही अक्टोबर १ मा उपत्यकाको न्यूनतम तापक्रम २०.४ डिग्री सेल्सियस थियो, २/३ तारिखदेखि १९ मा झर्‍यो, अहिले १८ मा, अब स्वाभाविक रूपमा तापक्रम घट्दो नै छ।’