बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन संसदमा पेस भएको छ।
कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले समितिको प्रतिवेदन मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस गरेकी हुन्।
०८० वैशाख १५ गतेको प्रतिनिधिसभा बैठकले संक्रमणकालीन न्यायसम्बन्धी उक्त विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको थियो।
विभिन्न चरणको छलफलपछि समितिले गत बिहीबार सर्वसम्मत विधेयक पारित गरेको थियो। समितिबाट विधेयक सर्वसम्मत पारित भएर पुनः प्रतिनिधिसभामा आएको हो।