कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

 संवाददाता    २०८१, २३ श्रावण बुधबार ०८:३८     90 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ ।

फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।