लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

 नेकपा माओवादी लुम्बिनी प्रदेश     २०८१, ६ श्रावण आईतवार १६:२३     105 जनाले पढ़िसके



Spread the love

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन्।

आइतबार उनले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले राजीनामा दिएका हुन्।

उनले अल्पमतमा परेपछि अगाडि नै राजीनामा दिने तयारी भएपनि असार मसान्तसम्म बस्नैपर्ने बाध्यताका कारण बसेको बताए।

‘असार मसान्तसम्म बस्नै पर्थ्यो। साउनको १ गतेदेखि नै तम्तयार थिएँ,’ उनले भने।

महराले नयाँ सरकार चाँडै बनाउन पनि एमाले र कांग्रेसलाई सुझाव दिएका छन्।

कामचलाउन मा एकछिन पनि बस्न सक्दिनँ। छिटो सरकार बनाएर कामलाई अगाडि बढाउनुस्,’ उनले भने, ‘सबैलाई आभार व्यक्त गर्दै आजकै मितिदेखि लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्छु।’