देशका केहीस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

 #आजको मौसम     २०८०, ९ फाल्गुन बुधबार ०७:१६     138 जनाले पढ़िसके



Spread the love
काठमाडौं– देशभरको मौसमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेश लगायत देशका पहाडी भूभागमध्ये केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ।

सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।