आज देशभर मौसम सामान्य रहने

 #आजको मौसम     १२ पुष २०८०, बिहीबार ०८:०६     45 जनाले पढ़िसके



Spread the love

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित जनाएको छ ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने उसले बताएको छ ।

राति भने कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशभरिको तापक्रम घट्दो क्रममा छ भने काठमाडौंँको तापक्रम बिहान ६ डिग्री सेल्सियस छ । दिउँसो केही वढेपनि चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन र सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।