आजकाे माैसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

 #आजको मौसम     १७ मंसिर २०८०, आईतवार ०८:१७     43 जनाले पढ़िसके



Spread the love

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे छ।

विभागका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको छ। यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी र कर्णाली लगायत बाग्मती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागको भनाइ छ ।

यस्तै, लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।