अमरेश सिंहको फर्जी स्टाटसको चौतर्फी आलोचना

 काँग्रेस     २०८०, ६ मंसिर बुधबार २१:५४     106 जनाले पढ़िसके



Spread the love

सर्लाही, सर्लाही ४ का संघिय साँसद अमरेश सिंहको प्रचारबाजीको स्टन्ट यति हद सम्म तल पनि झर्न सक्छ कसैले कल्पना समेत गर्न सक्दैन तर मंगलवारको एक घटनाले उनमा राजनीतिक संस्कार ह्रास भईरहेको महसुस गर्न सकिने नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार प्रचारप्रसार विभागको सचिव निकेश त्रिपाठीले समाजिक संजाल मार्फत आफनो धारणा राखेका छन ।

उनी भन्छन्, २०७४ सालको निर्वाचनमा अमरेश सिंहको चुनाव प्रचारप्रसारमा प्रयोग भएको उनकै फोटो भएको र स्टिकर टाँसिएको गाडीको फोटो समाजिक संजालमा राखेर पोष्ट गर्न वित्तिकै चौतर्फी विरोध हुनथाले पछि दुई घण्टामै उक्त पोष्टको फोटो हटाएर गएको निर्वाचनमा माछा छाप भएको गाडीको फोटो राख्ने कार्य गर्ने व्यक्ति राजनीतिक चरित्रको हुन सक्दैनन्, जसले सर्लाही क्षेत्र नम्वर ४ का मतदाताको समेत शिर निहुरिएको छ ।

मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको स्वकीय सचिव समेत रहेका त्रिपाठीले राजनीतिक द्धन्दको कारण नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको छोरा सुधिर सिंहको कारले आज विहान १० बजे काठमाडौं जाने क्रममा नयाँ रोड–मधुबनी सडक खण्डको सेखौनामा आफू चढेको स्कारपिओ गाडीलाई ठक्कर दिई बाटोमा रोकेर गालीगलौज गरेको र आफूलाई डिएसपीले जोगाएर स्कर्टिङ गरेको कुरा सरासर निराधार रहेको उनले दाबी गरे ।

एक घण्टाको अन्तरमा संसद अमरेश सिंहले एडिट गरि परिवर्तन गरेको गाडीको फोटो

एक हप्ता देखि उनको क्षेत्रमा घुम्दा कसैले केही भनेन तर काठमाडौं फर्किने वेलामा प्रहरी स्कर्टिङमा गइरहेको वेला सानो कारले स्कारपियो गाडीलाई ठक्कर दियो, गालीगलौज र धाकधम्की दियो भनेर नबालकहरुको नाम उल्लेख गरेर समाजिक संजालमा पोष्ट गर्ने संसदिय पदको व्यक्ति त्यसमा पनि जनताको प्रतिनिधित्व गर्ने साँसद सिंगो सर्लाही ४ का जनताहरुको शिर निहुरिने अमरेश सिंहको कार्य सुहाउदो भएन त्रिपाठीले भने ।

त्रिपाठी अगाडी भन्छन् सरकार द्वारा खोसिएको सुरक्षाकर्मी फेरी पाउनको लागि र गलत स्टन्टबाजी गरेर चर्चामा आउनको लागि रचिएको कपोकल्पित काल्पनिक घटना मात्रै हो ।