मौसममा पश्चिमी वायुको प्रभाव, केही प्रदेशमा हिमपातको सम्भावना

 #आजको मौसम     २ मंसिर २०८०, शनिबार ०८:०९     78 जनाले पढ़िसके



Spread the love

 

काठमाडौं । मौसममा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो ।

आज देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भूभागमा भने सामान्यतया मौसम सफला रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

केही ठाउँमा हिमपात हुने र चिसो बढिरहेकाले सतर्क रहन महाशाखाले सचेत गराएको हो ।