आजको मौसम : तीन प्रदेशमा पानी पर्ने

 #आजको मौसम     १२ भाद्र २०८०, मंगलवार ०८:०४     46 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीको समयमा देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यी क्षेत्रहरूमा बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।