नेपालभर हिजो देखि हल्कादेखि मध्यम वर्षा, आज एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 #आजको मौसम     ५ भाद्र २०८०, मंगलवार ०८:००     58 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – देशका धेरैजसो पहाडी क्षेत्रमा पानी परिरहेको छ । मनसुन थप सक्रिय भएसँगै हिजोदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ ।

भोलि पनि मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् शाक्यले जानकारी दिइन ।  उनका अनुसार राति भने कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

भोलि कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने  मौसमविद्ले बताएका छन् । पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।