एकीकृत समाजवादीका तीनै तहका बैठक स्थगित

 #नेकपा एकीकृत समाजवादी     १३ श्रावण २०८०, शनिबार १८:५८     67 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यसअघि तय गरेको पार्टी कमिटीका तीनै तहका बैठक स्थगित गरेको छ । सो पार्टीले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाएको थियो ।

जसअनुसार साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय थियो । तर, तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरेको हो । प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आवश्यक तयारी नपुगेकाले एक साता पछि बस्ने गरी तीनवटै बैठक स्थगित गरिएको बताए ।