विभिन्न जिल्लाका नदीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 #आजको मौसम     १२ श्रावण २०८०, शुक्रबार १०:५८     71 जनाले पढ़िसके



Spread the love

आज (शुक्रवार) झापा, इलाम, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा र आसपासका क्षेत्र भएर बहने नदीमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै लमजुङ, बाग्लुङ, पर्वत, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्नसक्ने महाशाखाको पूर्वानुमान छ । यी क्षेत्र भई बहने नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाकले अनुरोध गरेको छ ।

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहने तर बढ्दो क्रममा रहने पूर्वानुमान रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढीको जोखिम रहेको छ ।