प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्री महतले जवाफ दिने कार्यसूची

 #प्रतिनिधी सभा वैठक     २०८०, २८ जेष्ठ आईतवार ११:३०     56 जनाले पढ़िसके



Spread the love

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ।व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।

विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ बैठकको कार्यसूची :