कमजाेर भयाे माेखा चक्रवात, हेर्नुहोस कस्ताे रहला आजकाे माैसम ?

 #आजको मौसम     २०८०, १ जेष्ठ सोमबार ०८:१५     92 जनाले पढ़िसके



Spread the love

बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक अति शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिएकाे माैसमविद्ले बताएका छन् ।

अहिले बिहान कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।