पश्चिमी र स्थानीय वायुका कारण आगामी तीन दिन देशभर वर्षाको सम्भावना

 #आजको मौसम     २०८०, १७ बैशाख आईतवार ०७:३३     95 जनाले पढ़िसके



Spread the love

मौसम पूर्वानुमान महाशाखाका अनुसार‚ आइतबार बिहान कर्णाली‚ लुम्बिनी, गण्डकी‚ बागमती र कोशी प्रदेशका केही भेगमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशका केही स्थानमा वर्षा र राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वर्षा हुने जनाइएको छ।

सोमबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना छ। मधेश प्रदेशका एक-दुई स्थानमा भने हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार पनि मौसम बदली रही देशका विभिन्न्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। ‍