आज कोशी र गण्डकीमा चट्याङ सहित वर्षाको सम्भावना

 #आजको मौसम     २०७९, २४ चैत्र शुक्रबार ०७:२८     115 जनाले पढ़िसके



Spread the love

शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतः सफा रहेको छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।