आज कुन कुन प्रदेशमा हुँदैछ वर्षा ? हेर्नुहोस

 #आजको मौसम     २०७९, २२ चैत्र बुधबार ०६:५३     185 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने सामान्यतया मौसम सफा रहनेछ ।

भोलि पनि देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसपछि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।