राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् ।
राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उपाध्यक्षमा मनोनयन गरेको हो ।
उनी केही समय राप्रपा अध्यक्षमा पराजित भएका कमल थापासँगै राप्रपा नेपालमा गएका थिए, तर छोटो समयमै उनी पुरानै पार्टीमा फर्किएका थिए ।
पौडेल रास्वपा अध्यक्ष रवि लामिछानेका ससुरा हुन् ।