काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभागहरूमा हुस्सुरकुहिरो लागेको छ।
शुक्रबार प्रदेश नं. १ र गण्डकी प्रदेशका भूभागहरूमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार प्रदेश नं.१ र गण्डकी प्रदेशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका भूभागहरूमा बिहानीपख लागेको हुस्सु÷कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह छ ।