आगामी तीन दिन सम्म यस्तो रहनेछ मौसम : पहाडी भूभागमा बदली, तराईमा हुस्सु लाग्ने र हिमाली भूभागमा हिमपातको सम्भावना

 #आजको मौसम     २०७९, २५ पुष सोमबार ०७:५९     101 जनाले पढ़िसके



Spread the love

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बिहानको समयमा तराईका धेरै भूभागहरूमा हुस्सु÷कुहिरो लागिरहेको अवस्था छ।

सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु÷कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।