नेकपा एकीकृत समाजवादी पार्टीका नेता नरेश शाही सुदूरपश्चिम प्रदेशसभा सदस्यमा विजयी भएका छन् । बाजुरा १(१) बाट उनी एमालेका बलदेव रेग्मीलाई पराजित गर्दै विजयी भएका हुन् ।
शाहीले १० हजार ९७३ मत पाउँदा रेग्मीले ८ हजार ६३२ मत पाए । यसैगरी माओवादी केन्द्रका कर्ण बहादुर विश्वकर्माले १ हजार ९८ मत पाए ।