सर्लाही, नेपाली काङ्ग्रेसकाे मधेश प्रदेश उपसभापति तथा पुर्व महिलाबालबलिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहको स्वकीय सचिव निकेश त्रिपाठीलाई क्षेत्र न.४ निर्वाचन परिचालन समितिमा मनाेनित गरिएको छ। युवा निकेश त्रिपाठीले जिम्मेवारी पाउने वितिकै गठबन्धनलाई चुनाव जिताउने अभियानमा नै हाेमिएकाे बताए।
महेन्द्रमाला खबरसंग कुरा गर्दै उनले भने युवाहरूको लागि मन्त्री वीरेन्द्र सिंह भन्दा राम्रो छवि भएको नेता पाउन सर्लाही क्षेत्र नं ४ मा गाह्रो छ।उहाँ दत्तचित्त लगाएर जनताको सेवामा लाग्नुभएको छ। विगत पांच वर्षदेखी नै उहांले राजनीतिलाई समाजसेवाको रुपमा लागेको उनले बताए । मलाई पार्टी र नेतृत्वले आशा र विश्वास गरेर जिम्मेवारी दिइए अनुसार म पुर्ण रुपले इमानदार बहेर काम गर्नेछु। उनले भने अहिले म दिनरात मेहनत गरेर गठबन्धन जिताउ अभियानमा लागिपरेको छु।