आज पहाडी क्षेत्रमा हल्का वर्षाकाे संभावना

 #आजको मौसम     २०७९, २३ कार्तिक बुधबार ०७:५०     86 जनाले पढ़िसके



Spread the love

काठमाडौं। अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने ती प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

बिहीबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।