नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलन गर्ने लोसपाको चेतावनी, संविधान दिवस भने विरोध दिवसको रुपमा मनाउने

 लोसपा     २०७९, १ आश्विन शनिबार १९:००     109 जनाले पढ़िसके



Spread the love

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले संघीय संसदको दुबै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

लोसपाले आज एक विज्ञप्ति जारी गर्दै संसदको दुबै संसदमा पारित भई राष्ट्रपति समक्ष पेश भई सकेको विधेयक असोज ४ गतेसम्म प्रमाणीकरण नभएमा संघर्षमा जाने बताएको हो । नागरिकता विधेयक पारित नभएमा राष्ट्रियता, लोकतन्त्र, मानव अधिकार, नागरिक रक्षार्थ संघर्षमा जाने लोसपाले बताएको छ ।

असोज ३ गते संविधान जारी भएको दिनलाई विरोध दिवसको रुपमा मनाउने लोसपाले विज्ञप्तीमा उल्लेख गरेको छ ।

यस्तै लोसपाले संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने बताएको छ। लोसपाले संविधानमा पूर्ण सहमति नभएकाले विरोध जारी राख्ने बताएको हो ।

‘संविधानमा पूर्णरुपमा हाम्रो सहमति नरहेको सर्वविदितै छ। नेपालको संविधान २०७२ को पूर्णताको निम्ति हामीले उठाएका मागहरू समेटी संविधान संशोधन नहुञ्जेलसम्म हाम्रो विरोध रहिरहनेछ,’ विज्ञप्तिमा भनिएको छ। नागरिकता भने यहि संविधान अन्तर्गत पाउँदा यहि संविधान जारी गरेको दिन संविधान दिवसलाई भने विरोध दिवसमा मनाउँदै लोसपाले आफ्नो दोहोरो भुमिका कयमै राखेको छ। फोटो : फाइल