जिल्ला कार्यसमितिले निर्वाचनमा अन्तर्घात गरेकाले अनुशासनको कारवाही गरेको र सर्लाही ४ नं क्षेत्रीय समितिले महामन्त्री गगनकुमार थापाको नाम एकल रुपमा सिफारिस गरेका बेला अमरेशलाई प्रदेश समितिले पनि सिफारिस नगरेको हो ।
केही सञ्चारमाध्यममा अमरेश सिंहको नाम प्रदेशबाट सिफारिस गरिएको भनेर समाचारहरु आएपछि मधेश प्रदेश कार्यसमिति उपसभापति वीरेन्द्र सिंहले खण्डन गरेका छन् ।
‘हिजो रातिदेखि केही अनलाइन न्युज र फेसबुकमा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले क्षेत्र र सर्लाही जिल्लाले सिफारिस नगरेको व्यक्तिलाई प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको समाचार निराधार र गलत हो,’ उपसभापति सिंहले भनेका छन् ।
अमरेश पक्षले उनको नाम प्रदेशबाट सिफारिस भएको भनेर अफवाह फैलाएपछि उपसभापति सिंहले खण्डन गरेर तथ्री कुराको जानकारी गराएका हुन ।