काठमाडौँ । देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश नम्बर-१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ‘आगामी ३ दिनसम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ,’ महाशाखाले सूचना जारी गर्दै भनेको छ, ‘केही नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुनसक्छ ।’
नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । विशेषगरी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको हो । फोटो : फाइल