सातवटै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

 #आजको मौसम     २०७९, ४ असार शनिबार ०९:०३     77 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । देशका सात वटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले देशको प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविद्ले जानकारी दिएका छन् ।