संस्कृति मन्त्री आले एक पछि अर्को विवादमा फस्दै, अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक

 #नेकपा एकीकृत समाजवादी     २०७९, ३ असार शुक्रबार १०:११     85 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि विवादमा आएका छन।

उहाँले नेपाल एअरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लील गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको चर्को विरोध भइरहेको छ ।

यसअघि पनि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो । फोटो : फाइल