काठमाडौं– ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका मिलनकुमार विष्टविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरूद्ध भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको हो।
विष्टविरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अशोक कार्कीले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका थिए। विष्टविरूद्ध ०७७ सालमा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको थियो। त्यसयता उनी फरार थिए।