गोकुल बाँस्कोटाले मेयर टिकटमा धोका दिएको भन्दै बनेपाका मेयरद्दारा एमाले परित्याग

 एमाले     २०७९, १७ बैशाख शनिबार १८:२०     445 जनाले पढ़िसके



Spread the love

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले धोका दिएको भन्दै काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले पार्टी परित्याग गरेका छन्। नेता बाँस्कोटाले सुरुमा आफूलाई नै टिकट दिने बताए पनि अन्तिममा धोका दिएको भन्दै बादेले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।

बादेले बनेपामा दोहोरिने आकांक्षा राखेको भए पनि बाँस्कोटाको दबाबमा पार्टीले व्यापारी रत्‍नकुश रञ्जितलाई उम्मेदवार बनाएको छ।

उनी ०७४ को निर्वाचनमा एमालेबाटै बनेपाको मेयरमा निर्वाचित भएका थिए। उनले बनेको मेयर पदबाट पनि राजीनामा गरेका छन्।

बनेपा नगरपालिका एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रसमेत हो। उनले भने, ‘आज र भोलि सार्वजनिक बिदा छ, म पर्सि कार्यालय खुलेपछि नियमानुसार राजीनामा दिन्छु।’

‘उहाँलाई मैले धेरै मान्थेँ, भगवान् भन्दा केही तल मान्थेँ, उहाँले पनि यस्तो किसिममा मलाई हु्न्छ, हुन्छ भनेर इलेभेन्थ आवरसम्म पनि आश्वासन दिनुभयो,’ उनले भने, ‘साँठगाँठ उहाँहरुको के भयो मलाई थाहा छैन। तीन/चार महिना यतादेखि चाहिँ कुरा हुन छाड्यो।’

उनले अहिले तत्काल आफू कुनै पार्टी प्रवेश नगर्ने पनि बताएका छन्।