एमालेको केन्द्रीय कमिटी वैठक आज बस्दै , चुनावी छलफल हुने

 संवाददाता    २०७८, ९ चैत्र बुधबार ०८:२०     153 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एमालेले चुनावी तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। अध्यक्ष केपी ओली शर्माको आह्वानमा आज ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक बस्न लागेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

भोलिसम्म चल्ने बैठकको मुख्य एजेन्डा स्थानीय तहको निर्वाचन भएको उनले बताए। ‘बैठक चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिनेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची छन्,’ रिजालले भने।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएसँगै एमालेले चुनावी तयारी थालेको हो। सत्तारुढ गठबन्धन एक भएर जाने भए कसरी तयारी गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।