नेकपा एकिकृत समाजवादी सर्लाही जिल्ला कमिटीको वैठक लालबन्दीमा एमसिसि संसदबाट पारित गर्न नहुने निर्णय

 #नेकपा एकीकृत समाजवादी     २०७८, १० फाल्गुन मंगलवार १७:५३     152 जनाले पढ़िसके



Spread the love

नेकपा एकिकृत समाजवादी सर्लाही जिल्ला कमिटीको विस्तारित वैठकलेअमेरिकन सहयोग परियोजना एमसीसी राष्ट्रघाती रहेको भन्दै बिरोध गरेको छ । आज लालवन्दीमा भएको बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए।
बैठकलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका मन्त्री सत्रुघन महतोले एमसीसी सम्झौताको विपक्षमा आफ्नो पार्टी रहेको प्रष्ट पारे। उनले एमाले अध्यक्ष केपि ओलीलाई लक्ष्य गर्दै एमसीसी जस्तो देश बिरोधी सम्झौतालाई गलत भन्ने साहस सम्म नभएको नेतालाई सबैले चिनेको आरोप लगाए ।
बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल, रबिन्द्र बैठा, बेची लुङेली, देबेन्द्र राय, अन्जु पौडेल, गोबिन्द अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।
बैठकले आगामी स्थानीय निर्वाचनको तयारी, संगठन विस्तार, सदस्यता प्रदान, पालीकाको अवस्था अध्ययन लगायतका निर्णय गरेको प्रचार प्रमुख वाग्लेले बताए ।
बैठकले पार्टी नीतिवारे थप प्रष्ट पारेको र अब सर्लाही जिल्लाभर नेकपा एकीकृत समाजबादीको अभियान तिब्र हुने प्रचार विभाग प्रमुख वाग्लेको दावी छ ।