संसद् अवरोध हटे नेकपा एसले एमसीसी टेबुल गर्न दिने

 #नेकपा एकीकृत समाजवादी     २०७८, ७ फाल्गुन शनिबार १९:५५     106 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दलीय सहमति भएमा एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले सहमति जुटेर संसद् अवरोध हटेमा संसद्‌मा एमसीसी प्रस्ताव पेस गर्न दिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए ।अवरोध हटेर एमसीसीबारे संसदमा छलफल हुने वातावरण बनेमा प्रस्ताव टेबल गर्न दिने निर्णय गरेको उनले बताए । बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गर्दै एसमीसीबारे थप निर्णय लिने अधिकार पार्टीको सचिवालयलाई दिएको पनि उनले जानकारी दिए ।