एमसीसीको विरोधमा सर्लाहीमा एकीकृत समाजवादीको प्रदर्शन

 #नेकपा एकीकृत समाजवादी     २०७८, २ फाल्गुन सोमबार ०७:३७     100 जनाले पढ़िसके



Spread the love

नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुले एमसीसीको विरोधमा सर्लाहीमा पनि प्रदर्शन गरेका छन्।

एमसीसीको विरोधमा पार्टीले घोषणा गरेको देशव्यापी कार्यक्रम अन्तर्गत आइतबार सर्लाहीको हरिवनमा पनि बिरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनमा युवा संघ, अनेरास्ववियू, अनेमसंघ र नेपाल खेलकुद महासंघका नेता कार्यकर्ताहरुको सहभागिता रहेको एकीकृत समाजवादी सर्लाहीका प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए।

हरिवन चोकमा भेला भएका एकीकृत समाजवादीका कार्यकर्ताको जुलुस बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियोे। जुलुसमा सहभागीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गर, अमेरिकी सेना चाहिँदैन-एमसीसी ल्याउन पाईदैन, बिजुलि-बाटो बहाना हो- हस्तक्षेप गर्ने चाहाना हो जस्ता नारा लगाएका थिए।जुलुस पछिको कोण सभामा पार्टीका नेताहरु उत्तर कुमार मैनाली, जय गोले, राजकुमार बिक, लिलि घिसिङ लगाएतले सम्बोधन गरेका थिए। एमसीसीको विरोधमा पार्टीले घोषणा गरेको राष्ट्रब्यापी कार्यक्रम अन्तर्गत सर्लाहीमा पनि प्रदर्शन गरिएको वाग्लेले बताए।