एमसीसीविरुद्ध एकीकृत समाजवादीका भ्रातृ संगठनको प्रदर्शन (फोटोफिचर)

 #नेकपा एकीकृत समाजवादी     २०७८, १ फाल्गुन आईतवार १९:३४     365 जनाले पढ़िसके



Spread the love

अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध एकीकृत समाजवादीका भ्रातृ संगठनहरूले प्रदर्शन गरेका छन् । उनीहरूले आइतबार बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा समाजवादीको भ्रातृ संगठन अनेरास्ववियु, युवा संघ नेपाल, पिपुल्स भोलेन्टियर ,समाजवादी अपाङ्गता संगठन नेपाल, अखिल नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ समाजवादीलगायतका संगठनहरू प्रदर्शनमा सहभागी थिए ।

प्रदर्शनकारीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसीलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा पार्टीसँग आबद्ध भ्रातृ संगठनका नेताहरूले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रूपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमसीसी यथास्थितिमा स्वीकार्य नहुने अडान राख्दै आएको छ ।