लुम्बिनीमा पनि गठबन्धनका उम्मेदवार विजयी

 संवाददाता    २०७८, १२ माघ बुधबार १७:४५     114 जनाले पढ़िसके



Spread the love

दाङ : लुम्बिनी प्रदेश राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धन विजयी भएको छ । गठबन्धन चार हजार तीन सय ७४ मतसहित विजयी हुँदा एमालेले तीन हजार तीन सय १२ मत प्राप्त गरेकाे छ ।

गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विक विजयी भएका हुन् ।एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार पराजित भएका हुन् ।