अबको केही दिन घाम लाग्ने, आगामी बिहीवारदेखि भने माैसम बद्ली ‍हुने

 #आजको मौसम     २०७८, १६ पुष शुक्रबार ०८:१३     85 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।

केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ ।

अबको केही दिन बिहान बेलुका हुस्सु, कुहिरो लागे पनि दिउँसाेको समयमा घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँकाअनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा भने घाम लाग्ने उहाँले बताउनुभयो ।

अब आउँदो बिहीवारसम्मकै मौसम घमाइलो हुने पूर्वानुमान गरिएको छ । तर, बिहीवारदेखि भने फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत देखिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

‘आउँदो बिहीवार र शुक्रवार भने मौसम पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना देखिएको छ’, उहाँले भन्नुभयो–‘त्यस अघि भने खासै पानी पर्ने सम्भावना छैन् ।’