कांग्रेस काठमाडौं सभापतिमा बानियाँ निर्वाचित

 काँग्रेस     २०७८, १३ मंसिर सोमबार ०८:५४     109 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन् ।

उनले एक हजार ९ सय ५७ मत ल्याएर विजयी भएका हुन् ।

उपसभापतिमा गोकर्ण केसी १ हजार ९२२ मत पाएर विजयी हुँदा सचिवमा इन्द्र बहादुर थापा १ हजार ९१५ मत पाएर विजयी भएका छन् । सहसचिवमा अमिता प्रधान दुई हजार ६६ मत ल्याएर विजयी भएकी छिन् ।

विजयी हुनेहरू प्रकाशमान सिंह र गगन थापाको समूहका छन् ।

सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई हराएका हुन् । कार्कीले एक हजार ८९ मत ल्याएका थिए ।

कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो ।

नेपाली कांग्रेस काठमाडौ पदाधिकारी हरुको अन्तिम मतगणना परिणाम

सभापति

१. कृष्ण बानियाँ ( सबुज)१९५७ विजयी

२. उपेन्द्र कार्की १०८९

उपसभापति

१. गोकर्ण के.सि १९२२ विजयी

२. धर्मराज अर्याल १०४७

३. राजकुमार नकर्मि १८२९ विजयी

४. रामलाल श्रेष्ठ ९४३

सचिव

१. इन्द्र बहादुर थापा १९१५ विजयी

२. कुमार राज सुबेदि ८५८

३. गोबिन्द पुडासैनी १८१७ विजयी

४. सागर दास रन्जित ९४४

सह-सचिव

१. प्रा.डा अमिता प्रधान २०६६ विजयी

२. रोमलाल श्रेष्ठ १७७५ विजयी

३. सुस्मिता प्रधान ९८८

४.लक्षम्ण गौतम ९०२