काङ्ग्रेस पाल्पाको सभापतिमा अत्याधिक मतसहित हिमालदत्त श्रेष्ठ निर्वाचित

 संवाददाता    २०७८, ११ मंसिर शनिबार १९:३२     124 जनाले पढ़िसके



Spread the love
सहमतिमा नेतृत्व चयन हुन नसकेपछि विभिन्न पदमा शुक्रबार निर्वाचन भएको थियो । कुल १ हजार ३ सय १३ मत खसेकोमा श्रेष्ठ ८ सय ९० मतसहित विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ । उनका निकट्तम प्रतिद्वन्द्वी बस्यालले ३ सय ८१ मत ल्याएका छन ।

यस्तै कांग्रेसको उपसभापतिमा झपेन्द्र गहिरे र ज्ञानबहादुर गाहा निर्वाचित हुनुभएको छ । गहिरेले ७ सय ५४ र गाहाले ७ सय ७३ मतसहित विजयी भएको निर्वाचन अधिकृत दिनेश त्रिपाठीले जानकारी दिनुभयो । दुई जना उपसभापतिका लागि चार जनाको प्रतिष्पर्धा भएको थियो । उपसभापतिका अन्य उम्मेदवार शंकर खनालले ३ सय ६४ र माधव नेपालले ५ सय ४३ मत पाएका थिए।

यस्तै सचिवमा सुनिता अधिकारी ७ सय ८५ मतसहित विजयी भएकी छन। अर्काे सचिव पदमा ८ सय ७ मतसहित सन्तोष थापा निर्वाचित भएको छन । सचिव पदका अन्य उम्मेदवार हुमनाथ न्यौपानेले ३ सय ८२, खुमप्रसाद पोखरेलले ३ सय १३ मत पाएका थिए। यस्तै सहसचिव पदमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित भएका छन । थापाले ७ सय ४३ र मियाले ६ सय ४१ मत पाएका थिए ।

यस्तै कांग्रेसको जिल्ला कार्य समिति सदस्यका लागि भएको चुनावमा सुवि विश्वकर्मा, इन्द्रनारायण श्रेष्ठ, बुद्धिप्रकाश रेग्मी, हिमाल मल्ल, टेकबहादुर थापा, बालकृष्ण जिसी, विष्णुप्रसाद पाण्डेय, मुक्तिराम बस्याल, पुरुषोत्तम अर्याल, मोहनप्रसाद श्रेष्ठ, माधव थापा, दानबहादुर पौडेल, डिलाकुमारी रानाभाट, जयसरा बाह्रघरे, सावित्रा गौतम, सरस्वतीदेवी आचार्य, शुभद्रादेवी शर्मा, कमला कार्की, गिरिजा गैरे, निर्मला पौडेल, गिता खनाल, रिता गौतम विजयी भएका छन।

यस्तै सदस्यमा इन्दिरा भट्टराई, गीता भट्टराई, लक्ष्मण रायमाझी, सूर्यप्रसाद पोखरेल, अमीरबहादुर राना, कमल राना, गणेश श्रेष्ठ, युवराज चिदी, राजकुमार श्रेष्ठ, इन्दिरा राना, काजल सारु, मिनाकुमारी श्रेष्ठ, सन्ध्या बज्राचार्य, टेकबहादुर विक, तारा रसाइली, जगन्नाथ कँडेल, हेमराज गैरे र सीता पंगेनी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।