वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेम्वाङको घोषणा

 संवाददाता    २०७८, ७ मंसिर मंगलवार १३:४३     105 जनाले पढ़िसके



Spread the love

काठमाडौं ७ मंसिर । नेकपा एमालेको १० महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यही मंसिर १० गते देखि १२ गते सम्म चितवनमा आयोजना हुने महाधिवेशनमा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आज सम्म पनि सर्वसम्मतले नेतृत्व चयन गर्ने पक्षमा पार्टी रहेपनि कत चुनाव गर्नुपर्ने स्थिति आए आफु वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताएका हुन् । सर्वसम्मत गरौ भन्नेमा आफुले जोड दिएको बताएका उनले यस पटक आकांक्षीहरु धेरै हुँदा व्यवस्थापन गर्न सकस भएको पनि बताएका छन् ।

गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेपनि यो पदको लागि हालका महासचिव ईश्वर पोखरेल,रामबहादुर थापा बादल र नेम्वाङ आकांक्षी भएकाले चुनावको विकल्प नरहेको देखिएको छ ।