काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही २७ गते महोत्तरी जाने भएका छन् ।
माओवादी केन्द्र महोत्तरीले आयोजना गरेको विशाल आम सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड महोत्तरीको रामगोपालपुर जाने भएका हुन् ।
रामगोपालपुरमा नै सोहीदिन सात वटा वडाको स्वास्थ्य भवन प्रचण्डको हातबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।