नेकपा (एस) को ७३ जिल्लामा कमिटी गठन

 संवाददाता    २०७८, ५ कार्तिक शुक्रबार २१:१०     162 जनाले पढ़िसके



Spread the love

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले शुक्रबार जारी गरेको विज्ञप्तिमा चारवटा गैरभौगोलिक जिल्ला कमिटीसमेत गठन गरिएको उल्लेख छ। पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको उनले जनाएका छन्। अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन्