एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

 संवाददाता    २०७८, ५ कार्तिक शुक्रबार ०९:२०     77 जनाले पढ़िसके



Spread the love

काठमाडौं, कात्तिक ५ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्न लागेको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार आज दिउसो २ बजे स्थायी कमिटी बैठक बस्नेछ।

स्थायी कमिटी बैठकमा दशौं राष्ट्रिय महाधिवेशन तथा समसामयिक विषयमा छलफल हुने उनले बताए। बिहीबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो।

बिहीबारको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। यसअघि बुटवलमा गर्ने तय गरिएको थियो। एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुन लागेको छ।