प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

 संवाददाता    २०८३, २० कार्तिक बिहीबार १३:११     10 जनाले पढ़िसके



Spread the love

नेपालको भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ।

दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आएका विदेश सचिव मिस्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका छन्। प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन्।

भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।