नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो।
एनपीएलमा अहिलेसम्म कर्णालीले सुदूरपश्चिमलाई हराउन सकेको छैन। एनपीएलको पहिलो सिजन सुदूरपश्चिमले कर्णालीलाई ४ विकेटले तथा दोस्रो सिजन ४५ रनले हराएको थियो।
सुदूरपश्चिम रोयल्सबाट आज दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहोरा, अनिल खरेल, सैफ जैव, ब्राण्डोन म्याकमुलेन,स्कट कुग्लेजिन, थरिन्दु रत्नायकेले खेल्दै छन्।
कर्णाली याक्सबाट सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक डुम्रे, युनिस सिहंठकुरी, पवन सर्राफ, सुर्य तामाङ, अरिफुल स्लाम, मार्क वाट,मुहम्मद हुसैन तलात, डेविड मिलरले खेल्नेछन्।
आज सोमपालले ५ नम्बर जर्सीमा खेल्ने याक्सले जनाएको छ। मिलरले १० नम्बर जर्सी लगाउने भएकाले सोमपाल नयाँ जर्सी नम्बरमा खेल्न लागेका हुन्।